Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जनमोर्चा अध्यक्ष केसीको चुनाव खर्च १८ लाख

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गत मंसिर ४ गते भएको निर्वाचनमा रु. १८ लाख १४ हजार खर्च गरेको विवरण निर्वाचन आयोगलाई बुझाएका छन् ।

केसीको निर्वाचन प्रतिनिधिको रुपमा स्थानीय नेता थानेश्वर सुवेदीले बुझाएको विवरण अनुसार मतदाता नामावली खरिद, छपाई र फोटोकपीमा ९० हजार, सवारी साधन भाडा तथा इन्धन खर्च ८ लाख ६० हजार र प्रचार सामग्रीमा २ लाख १० हजार खर्च भएको उल्लेख छ ।

त्यस्तै, सामग्री ढुवानीमा २० हजार, कार्यालय संचालन गर्दा २ लाख ५० हजार, प्रतिनिधि परिचालन खर्च २ लाख ५० हजार, विद्युतीय छापा खर्च ४० हजार र सामाजिक संजाल खर्च १० हजार र विविध खर्चमा १ लाख ३४ देखाइएको छ ।

केसी गत मंसिरको निर्वाचनमा बागलुङ-१ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077