Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

तनहुँ १ मा रास्वपाका उम्मेदवार वाग्लेको अग्रता कायमै

तनहुँ । तनहुँ क्षेत्र नं १ को उपनिर्वाचनको पछिल्लो अपडेट अनुसार २१ हजार २६० मतगणना सम्पन्न भएको छ ।

तनहुँ १ मा २२ हजार ३५८ मत गणना हुँदा रास्वपाका डा. स्वर्णिम वाग्लेले दोब्बर मतले अगाडि छन् ।

पछिल्लो अपडेट अनुसार वाग्लेले ११ हजार ४२८ मत ल्याएका छन् । उनलाई सत्ता गठबन्धनको तर्फबाट कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ६ हजार ४६५ मत ल्याएर पछ्याइरहेका छन् ।

दुईजनाबीच ४९६३ भोटको अन्तर छ । तेस्रो स्थानमा रहेका एमालेका सर्वेन्द्र खनालको ३ हजार ७४८ मत ल्याएका छन् ।

अहिलेसम्म भानु नगरपालिका र आँबुखैरिनी गाउँपलिकाका १६ वडाको मतगणना सकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077