Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

चितवन-२ को मतगणना दिउँसो १ बजेपछि गर्ने सहमति

चितवन । चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनको मतगणना आज दिउँसो १ बजेदेखि सुरु गर्ने सहमति भएको छ ।

आज बिहान बसेको सर्वदलीय बैठकमा उपनिर्वाचनको मतगणना आज दिउँसो १ बजेदेखि गर्ने सहमति भएको हो ।

चितवन क्षेत्र नम्बर २ मा रास्वपाका सभापति रवि लामिछाने, नेकपा एमालेका रामप्रसाद न्यौपाने र नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ उम्मेदवार छन् ।

हिजो आइतबार भएको मतदानमा चितवन-२ मा ७८ हजार २७७ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्रारम्भिक विवरण दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077