Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

साढे १८ हजार मत गन्दा स्वर्णिमले कटाए १० हजार मत

तनहुँ । प्रतिनिधिसभा सदस्यका लागि तनहुँ क्षेत्र नम्बर १ मा आइतबार सम्पन्न उपनिर्वाचनको पछिल्लो अपडेट अनुसार १८ हजार ६६१ मतगणना सम्पन्न भएको छ ।

१८ हजार ६६१ मत गणना हुँदा मत परिणाममा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले आफ्नो सुरूआती अग्रता कायम राखेका छन्।

वाग्लेले १०२५९ मत पाएका छन्। उनलाई नेपाली कांग्रेसका गोविन्द भट्टराईले ५००३ मत ल्याएर पछ्याइरहेका छन् भने नेकपा एमालेका सर्वेन्द्र खनाल तेस्रो स्थानमा छन्।

खनालले २७९७ मत ल्याएका छन्। हालसम्म ८ वडाको अन्तिम मतपरिणाम आएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077