Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

तनहुँ क्षेत्र नम्बर १ : गोविन्द भट्टराई भन्दा स्वर्णिम वाग्ले ४१५९ मतले अगाडि

तनहुँ । प्रतिनिधि सभा उपनिर्वाचन अन्तर्गत हिजो सम्पन्न तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा(का उम्मेदवार डा. स्वर्णिम वाग्लेले अग्रता दोब्बर बनाएका छन् ।

सार्वजनिक मतपरिणाम अनुसार वाग्लेले ७३९३ मत पाएका छन् भने दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ३२३४ मत पाएका छन् ।

नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले २१३४ पाउँदा राष्ट्रिय प्रजातन्त्र पार्टीकी शोभा गुरुङले अहिलेसम्म जम्मा २५ मत पाएकी छन् ।

तनहुँ क्षेत्र नं. १ को मतगणना आइतबार रातिदेखि सुरु भएको हो । सुरुदेखि नै वाग्लेले अग्रता लिइरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077