Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • अनलाइनमार्फत ठगी गर्ने ६ जनाको गिरोह पक्राउ

    अनलाइनमार्फत ठगी गर्ने ६ जनाको गिरोह पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, १० बैशाख २०८०
  • 846
    SHARES

    धनुषा । जिल्ला प्रहरी कार्यालय धनुषाले अनलाइनमार्फत ठगी गरेको आरोपमा ६ जनाको गिरोहलाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेहरूमा धनुषाको विदेह नगरपालिका १ बस्ने ४० वर्षीय संजिव भिनवार यादव, कमला नगरपालिका ३ लग्मा बस्ने २५ वर्षीय रञ्जित नुनिया, जनकपुरधाम उप-महानगरपालिका १७ बस्ने ३३ वर्षीय अंदेश महतो, जनकपुरधाम उप-महानगरपालिका १६ बस्ने ३३ वर्षीय पप्पु पुर्वे, जनकपुरधाम उप-महानगरपालिका १२ बस्ने ४८ वर्षीय उसवान साफी र २० वर्षीय मोहम्मद जिलानी साफी रहेका छन्।



    गत बैशाख ८ गते साँझ करिब ५ बजे ४ जनालाई धनुषाको जनकनन्दनी गाउँपालिका ३ महुवाटोलबाट र दुई जनालाई जनकपुरधाम-१२ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।



    उनीहरूको साथबाट ६ थान एन्ड्रोइड मोबाइल र एकथान फिचर फोन गरी जम्मा ७ थान मोबाइल र नगद २९ हजार ५ सय ७६ रुपैयाँ बरामद गरी थप अनुसन्धान गर्दा उनीहरूले टलविन लाइफ नामक एक अमेरिकी संस्था मार्फत ठगी गरेको कुरा खुलेको छ ।

    उनीहरूले १ हजार ९१ जना पीडितहरूबाट प्रत्यक्ष तथा अप्रत्यक्ष ४ हजार ५ सयका दरले ४९ लाख ९ हजार ५ रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार