Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

चितवन–२ मा आज रातिदेखि नै मतगणनाको गर्ने तयारी

चितवन । आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना चितवनमा आज रातिदेखि नै सुरु गर्ने तयारी भएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणनाका लागि आवश्यक सबै तयारी भइसकेको जनाएको हो ।

राति ९ बजेसम्म मतपेटिका संकलन गरिने र त्यसपछि सर्वदलीय बैठक बसेर मतगणना सुरु गरिने जनाइएको छ ।

चितवन २ मा निर्धारित समयमा ६१ प्रतिशत मत खसेको छ । केही स्थानमा मतदान स्थलभित्र पसिसकेका मतदाताले मतदान बाँकी रहेकाले केही बढ्न सक्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

चितवन २ को मतगणना उद्योग संघको प्रदर्शनी केन्द्रमा हुने भएको छ ।कार्यालयका अनुसार मतगणनास्थलमा तारजाली र सिसिटिभी जडान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077