Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • किमाथांका नाका खुलाउन उच्च प्राथमिकता दिएर पहल गर्छु : मन्त्री साउद

    किमाथांका नाका खुलाउन उच्च प्राथमिकता दिएर पहल गर्छु : मन्त्री साउद

    अनलाइन नेपाल
  • आइतबार, १० बैशाख २०८०
  • 651
    SHARES

    काठमाडौं । परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदले संखुवासभाको उत्तरी सीमानाका किमाथांका सञ्चालन गर्ने विषयलाई उच्च प्राथमिकता दिएर पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

    आइतबार मन्त्रालयमा संखुवासभाका जनप्रतिनिधि र कोसी प्रदेशका सांसदहरूसँगको संयुक्त भेटमा नाका सञ्चालन गर्ने विषय आफ्नो पहिलो प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता जनाएका हुन् ।



    किमाथांका नाका ऐतिहासिक र उत्तरतिरको, पूर्वतिरको व्यापारका लागि अत्यन्तै महत्त्वपूर्ण नाकाका रूपमा रहिआएको नाका खोल्ने विषय पहिलो प्राथमिकतामा राखिने मन्त्री साउदको भनाइ थियो ।



    किमाथांका नाका खोल्न चीन सरकारसँग पहल गरिदिन जनप्रतिनिधिले मन्त्री साउदलाई ध्यानाकर्षण पत्र बुझाउँदै आग्रह गरेका थिए ।

    भेटमा सङ्खुवासभाका जनप्रतिनिधि विभिन्न पार्टीका नेता तथा कार्यकर्ताको सहभागित थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार