Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्ड भन्छन्- राष्ट्रिय स्वाधीनताका लागि मोर्चा बनाएर नेकपा पुनर्जीवित गरौँ

    प्रधानमन्त्री प्रचण्ड भन्छन्- राष्ट्रिय स्वाधीनताका लागि मोर्चा बनाएर नेकपा पुनर्जीवित गरौँ

    अनलाइन नेपाल
  • आइतबार, १० बैशाख २०८०
  • 861
    SHARES

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सामूहिक नेतृत्वको पक्षमा रहेका कम्युनिस्टहरू नेकपातिर फर्कनुपर्ने बताएका छन् ।

    आईतबार कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर नेकपा एसले आयोजना गरेको ‘नेपाली कम्युनिष्ट आन्दोलनः उपलब्धि चुनौती र सम्भावना’ विचार गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन् ।



    कम्युनिस्ट पार्टी एकता हुनु देश र जनताले खोजेको भन्दै गणतन्त्र मजबुत बनाउन एकता गरेर जानुको विकल्प नभएको उनले जिकिर गरे ।



    प्रधानमन्त्री प्रचण्डले नेकपा गठनको औपचारिक प्रस्ताव आफूले गरेको स्मरण गर्दै राष्ट्र र जनताको आवश्यकता अनुसार कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्नुपर्ने जोड दिए ।

    उनले केही दिनभित्रै समाजवादी मोर्चा घोषणा गरेर सबैलाई नेकपातिर फर्किने अपिल गर्ने समेत बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार