काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत यूएईले सिंगापुरलाई ४ सय ७२ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको यूएईले निर्धारित ५० ओभरमा अलआउट हुँदै ४ सय ७१ रनको योगफल तयार पारेको हो ।
यूएईका लागि वृत्य अरविन्द र कप्तान मोहम्मद वसिमले शतकीय पारी खेले । १३३ बलको सामना गरेका अरविन्दले १७ चौका र ७ छक्कासहित १७४ रन बनाए ।
वासिमले ८२ बलमा ९ चौका र १६ छक्काको सहयोगमा १ सय ६० रन बनाए । वासिमले ८२ बलमा आफ्नो शतक पूरा गरेका थिए ।
सिंगापुरका लागि अदवित्य भारगभले ४ विकेट, रमेश कालिमुथले ३, विनोथ बासकरणले २ विकेट तथा मनप्रित सिंहले १ विकेट हात पारे ।
Leave a Reply