Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • मलेसियाले ओमानलाई दियो २२८ रनको लक्ष्य

    मलेसियाले ओमानलाई दियो २२८ रनको लक्ष्य

    अनलाइन नेपाल
  • आइतबार, १० बैशाख २०८०
  • 597
    SHARES

    काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत मलेसियाले ओमानलाई २२८ रनको लक्ष्य दिएको छ ।

    आइतबार मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको मलेसियाले ५० ओभरमा ९ विकेट गुमाउदै २२७ रनको योगफ तयार पारेको हो ।



    मलेसियाका लागि विरनदीप सिंहले सर्वाधिक ९४ रन बनाएका थिए । त्यस्तै मुहमद सिहादतले ५५, मुहमद अमिरले २०, मुहमद वाफिकले १९, सिएद अजिजले १८ रनको योगदान गरेका थिए ।



    त्यस्तै ओमानका कप्तान जिसन मक्सुदले चार विकेट लिए । १० ओभर बलिङ गरेका मक्सुदले ३५ रन खर्चिए । बिलाल खान र आयान खानले समान दुई विकेट लिँदा कलिमुल्लाहले एक विकेट हात पारे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार