Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • स्वदेशी सवारी साधन दर्ताको व्यवस्था गर्न प्रधानमन्त्रीको निर्देशन

    स्वदेशी सवारी साधन दर्ताको व्यवस्था गर्न प्रधानमन्त्रीको निर्देशन

    अनलाइन नेपाल
  • आइतबार, १० बैशाख २०८०
  • 615
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा बनेका सवारी साधन दर्ता प्रक्रियाका लागि कानुनको मस्यौदा छिट्टै अगाडि बढाउन निर्देशन दिएका छन् ।

    प्रधानमन्त्रीले आईतबार मुख्यसचिव शंकरदास बैरागीमार्फत् सम्बन्धित निकायलाई यस्तो कानून बनाउन निर्देशन दिएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ।



    सवारी साधन दर्ता नभएको भन्ने गुनासो आएको भन्दै नागरिकको गुनासो सम्बोधन हुनेगरी दर्तासम्बन्धी कानुनको तयारी गर्न र नेपाली उत्पादनलाई प्रोत्साहन गर्ने नीति अख्तियार गर्न निर्देशन दिएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले “यात्री” लगायतका नेपालमै उत्पादित सवारी साधनले दर्ता भई काम गर्न नपाएको भनि सञ्चारमाध्यममा आएका गुनासोप्रति आफू गम्भीर रहेको पनि बताएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार