काठमाडौं । निर्वाचन आयोगले मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवलाई स्पष्टिकरण सोधेको छ।
उननिर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रतिकूल असर पर्ने गरी निर्वाचन आचारसंहिताविपरीत कार्य गरेको भन्दै आइतबार स्पष्टीकरण सोधेको हो ।
आयोगले मुख्यमन्त्री यादवलाई बारा क्षेत्र नं-२ मा प्रतिनिधि सभा सदस्य उपनिर्वाचन भइरहेको अवस्थामा निर्वाचन आचारसंहिता विपरीत हुने गरी पचरौता नगरपालिका क्षेत्रमा किन गएको भन्दै स्पष्टिकरण सोधेको छ ।
आयोगले निर्वाचनको समयमा मचरौता नगरपालिका क्षेत्र जाँदा प्रयोग गरेको सवारी साधन र सुरक्षा व्यवस्था सरकारी हो,होइन रु निर्वाचन आचारसंहिता उलंघन गरेकोमा निर्वाचन आयोग ऐन, २०७३ बमोजिम कारबाही किन नगर्ने भनी २४ घण्टाभित्र लिखित स्पष्टिकरण पेश गर्न निर्देशन समेत दिएको छ।
आयोगले यादवलाई २४ घण्टा भित्र लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ ।