Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बिहान १० बजेसम्म बारा-२ मा खस्यो १५ प्रतिशत मत

बारा । बारा निर्वाचन क्षेत्र न २ मा भइरहेको उपनिर्वाचनमा बिहान १० बजेसम्म १५ प्रतिशत मत खसेको छ ।

शान्तिपूर्ण भइरहेको निर्वाचनमा बिहान १० बजेसम्म १५ प्रतिशत मत खसेको हो ।

उपनिर्वाचनमा गठबन्धनका साझा उम्मेदवार जसपाका अध्यक्ष उपेन्द्र यादव, नेकपा एमालेबाट पुरुषोत्तम पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेल, जनमत पार्टीबाट शिवचन्द्र प्रसाद कुशवाह लगायत १० दलका नेताले उम्मेदवारी दिएका छन् ।

त्यसैगरी स्वतन्त्रबाट २४ जनाले उम्मेदवारी दिएका छन् । निर्वाचनमा प्रहरी, सेना र सशस्त्र प्रहरी गरी तीन हजारको सङ्ख्यामा सुरक्षाकर्मी खटिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077