Online Nepal
  • बुधबार, १० पुष २०८१
  • तनहुँमा स्वर्णिम र सर्वेन्द्र, चितवनमा रवि र रामप्रसाद, तथा बारामा उपेन्द्र र रमेशले भोट हाल्न नपाउने

    तनहुँमा स्वर्णिम र सर्वेन्द्र, चितवनमा रवि र रामप्रसाद, तथा बारामा उपेन्द्र र रमेशले भोट हाल्न नपाउने

    अनलाइन नेपाल
  • आइतबार, १० बैशाख २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । तनहुँ क्षेत्र नं. १, चितवन क्षेत्र नं. २, र बारा क्षेत्र नं. २ मा अहिलेसम्म प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन जारी छ । गत मंसिर ४ को निर्वाचनमा विजयी नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि रिक्त सांसद पदपूर्तिका लागि तनहुँ क्षेत्र नं. १ मा आज उपनिर्वाचन हुँदै छ भने बारा क्षेत्र नं. २ का रामसहाय यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि त्यहाँ पनि उपनिर्वाचन हुँदै छ । त्यसैगरी चितवन–२ बाट विजयी रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरिदिए त्यहाँ पुनः निर्वाचन हुन लागेको हो ।

    तनहुँमा नेपाली कांग्रेसका गोविन्द भट्टराई, नेकपा एमालेका सर्वेन्द्र खनाल र रास्वपाका डा. स्वर्णिम वाग्लेलगायत उम्मेदवार छन् । नेपाली कांग्रेसका उम्मेदवार भट्टराईले व्यास नगरपालिका–११ बेल्टारीस्थित तनहुँ आधारभूत प्रावि मतदान केन्द्रबाट मतदान गर्ने कार्यक्रम छ । नेकपा एमालेका उम्मेदवार खनाल र रास्वपाका उम्मेदवार वाग्लेको भने तनहुँ जिल्लामा मतदाता नामावलीमा नाम नभएकाले उनीहरुले मतदान गर्न पाउने छैनन् ।



    अन्य उम्मेदवारहरुमा राप्रपाबाट शोभा गुरुङ, नेपाल मजदुर किसान पार्टीबाट रामप्रसाद प्रजापति, राष्ट्रिय जनमुक्ति पार्टीबाट पूर्णबहादुर राना, मंगोल नेशनल अर्गनाइजेसनबाट प्रेमबहादुर थापा, नेकपा समाजवादीबाट गणेश श्रेष्ठ, नागरिक उन्मुक्ति पार्टीबाट भीमबहादुर सुनार लगायत छन् ।



    जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालका अनुसार निर्वाचन शान्तिपूर्ण रुपमा भइरहेको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म चल्ने छ ।

    मतदान सकिएपछि राजनीतिक दलका प्रतिनिधिको रोहवरमा मुचुल्का गरेर मतपेटिका सदरमुकाम दमौली ल्याइनेछ । मतपेटिका संकलन भइसकेपछि सर्वदलीय बैठक आयोजना गरेर मतगणनाबारे निर्णय लिइने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उपनिर्वाचनका लागि तनहुँ क्षेत्र नम्बर १ मा एक लाख २३ हजार ३५० मतदाता छन् । उपनिर्वाचनको संवेदनशीलतालाई ध्यानमा राखेर पृथ्वी राजमार्गको तनहुँ–१ खण्ड तथा स्थानीय राजमार्ग पूर्णरूपमा बन्द गरिएको छ ।

    चितवन क्षेत्र नम्बर २ मा पनि उपनिर्वाचनको मतदान जारी छ । नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले चतुर्मुखी उच्च मावि शक्तिखोरबाट मतदान गरेका छन् । तर रास्वपाका उम्मेदवार रवि लामिछाने र नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले भने त्यहाँ मतदान गर्न पाउने छैनन् । रविको मतदाता नामावली काठमाडौंमा रहेकाले र एमाले उम्मेदवार न्यौपानेको मतदाता नामावलीमा नाम चितवन क्षेत्र नम्बर ३ मा रहेकाले उनले उपनिर्वाचनमा भोट हाल्न नपाउने भएका हुन् ।

    त्यसैगरी बारा क्षेत्र नंं. २ बाट उम्मेदवारी दिएका उपेन्द्र यादव, रमेश खरेलले पनि भोट हाल्न पाउने छैनन् । खरेलको मतदाता नामावलीमा काठमाडौंबाट नाम छ भने यादवको सप्तरीमा रहेको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार