Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

त्रिभुवन विमानस्थलबाट यार्सागुम्बासहित कोरियाली नागरिक पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यार्सागुम्बासहित कोरियाली नागरिक पक्राउ परेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरीले एम५५६१३९६३ पासपोर्ट नम्बरका कोरियाली नागरिक ख्वन ग्यङसनलाई चेकेजाँज कक्षबाट पाँच किलो यार्सागुम्बासहित पक्राउ गरेको हो ।

यस्तै उनको साथबाट भियाग्रासमेत बरामद गरिएको छ । उनले पाँच किलो यार्सागुम्बालाई तरल पदार्थ बनाई लुकाइछिपाइ लैजान लागेको स्रोतले बतायो । उनी काठमाडौंबाट कोरियाको सियोल जान लागेका थिए ।

पक्राउ परेका ग्यङसनलाई प्रहरी हिरासतमा राखिएको छ । थप अनुसन्धानका लागि उनलाई आइतबार विभागमा पठाइने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077