Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • मुख्यमन्त्री अधिकारीले भने – गल्ती गरे जनताले नै दण्डित गर्छन्

    मुख्यमन्त्री अधिकारीले भने – गल्ती गरे जनताले नै दण्डित गर्छन्

    अनलाइन नेपाल
  • शनिबार, ९ बैशाख २०८०
  • 591
    SHARES

    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले नेकपा एमालेलाई जनताले चिनेको र गल्ती गरे जनताले नै दण्डित गर्ने बताएका छन् ।

    शनिबार गण्डकी प्रदेशसभामा विश्वासको माग माग्दै मुख्यमन्त्री अधिकारीले एमाले फल दिइरहने वृक्ष भएको बताएका हुन् ।



    मुख्यमन्त्री अधिकारीले भने, ‘हाम्रो पार्टी नेकपा एमाले र सम्बद्ध हामी फल दिइरहने वृक्ष हौ, शीतलता पनि दिएका छौ, दिइरहने छौ । जनताले हामीलाई चिनेका छन् र गल्ती गरे दण्डित गर्छन् ।’



    उनले सङ्घीयताको मर्मअनुसार नेपालको संविधानको सहज कार्यान्वयन गर्दै प्रदेशको समग्र विकास र सम्मृद्धितर्फ प्रयत्नरत आफू नेतृत्वको सरकालाई विश्वासको मत दिन आग्रह गरे ।

    उनले सरकार निर्माण गर्दा जनाएको सहकार्यको प्रतिवद्धता कार्यान्वयन गर्न माओवादी केन्द्रसँग आग्रह गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार