Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

तत्काल कसैसँग पार्टी एकता हुँदैन : झलनाथ खनाल

धनुषा । नेकपा एकिकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले तत्काल कसैसँग पार्टी एकीकरण गर्ने सम्भावना नरहेको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टीको ७४ औं स्थापना दिवसमा सहभागी हुन जनकपुरधाम आइपुगेका नेता खनालले यस्तो बताएका हुन् ।

नेता खनालले आफ्नो पार्टी तत्काल कुनै पनि पार्टीसँग एकता गर्ने पक्षमा नरहेको स्पष्ट पारे । उनले मिलेर जाने कुरा बेग्लै भएपनि नेकपा एकिकृत समाजवादीले तत्काल कसैसँग पार्टी एकीकरण गर्ने सम्भावना नरहेको बताए ।

नेता खनालले आफनो पार्टी अधिवेशन र महाधिवेशनको तयारीमा रहेको समेत बताए । नेता खनालले वामपन्थी शक्तिहरु मिल्नुको विकल्प नरहेको समेत बताए ।

देशका विभिन्न क्षेत्रहरु जस्तै पवित्रधाम जनकपुरबाट आफूले वामपन्थीहरुको एकताका लागि आग्रह र आह्वान गर्ने बताए । उनले राष्ट्रियतामाथि संकट बढिरहेको समेत बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077