Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • निजी क्षेत्रलाई नियन्त्रण गर्ने कानुन बनाउँदैनौँ : प्रधानमन्त्री प्रचण्ड

    निजी क्षेत्रलाई नियन्त्रण गर्ने कानुन बनाउँदैनौँ : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • शुक्रबार, ८ बैशाख २०८०
  • 537
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निजी क्षेत्रलाई नियन्त्रण गर्नेगरी कुनै कानुन नबनाउने बताएका छन् ।

    शुक्रवार दिउँसो नेपाल उद्योग वाणिज्य महासङ्घका नवनिर्वाचित पदाधिकारीहरूसँग बालुवाटारमा भेट्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    भेटमा प्रधानमन्त्री प्रचण्डले नेपाल उद्योग वाणिज्य महासङ्घका नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई समेत दिए ।



    त्यस क्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालले निजी क्षेत्रलाई समेत अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दायराभित्र राख्ने गरी विधेयकको प्रक्रिया अगाडि बढेको भन्दै प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराएका थिए ।

    प्रधानमन्त्रीले नेपालको संविधानले राज्यको तर्फबाट निजी क्षेत्र र व्यवसायलाई प्रवर्धन गर्ने व्यवस्था गरेको भन्दै अर्थतन्त्रमा सङ्कट आएको बेला निजी क्षेत्र सङ्कुचित हुने गरी कुनै पनि कानुन नबनाउने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार