Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

वायु प्रदूषण भएको भन्दै धुवाँ आउने गरी सेकुवा पोल्न महानगरले लगायो रोक

काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक पेटीमा धुवाँ आउनेगरी सेकुवा पोल्न रोक लगाएको छ ।

सेकुवा पोल्दा वायु प्रदूषण भएको भन्दै महानगरपालिकाले पुतली सडक, सिनामंगल क्षेत्रमा रोक लगाउन लगाएको हो ।

वायु प्रदूषण बढ्दै गएको, सडक पेटीबाट हिँड्दा यात्रुलाई सास्ती भएको भन्दै कल सेन्टर र वडाहरूमा पनि गुनासो समेत आउन थालेपछि रोक लगाइएको महानगरले जनाएको छ ।

महानगरपालिकाका अनुसार सेकुवा पसलेले अरुलाई असर पर्नेगरी धुँवा निकाले सुरुमा सचेत गर्ने, त्यसपछि पनि नमाने कारबाही गर्ने समेत चेतावनी दिएको छ ।

पछिल्लो समय काठमाडौं उपत्यकाको वायु प्रदूषण तोकिएको मापदण्डभन्दा निकै बढी पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077