काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गतको जारी खेलमा ओमानविरुद्ध सन्दीप लामिछानेले विश्व कीर्तिमानसहित ३ विकेट हात पारेका छन् ।
कीर्तिपुरमा जारी खेलमा तेह्रौं ओभरमा आफ्नो पहिलो स्पेल शुरू गरेका सन्दीपले दुई ब्याट्सम्यानलाई आउट गरेका हुन् ।
यो संगै नेपालले चौथो सफलता हात पारेको छ । पहिलो विकेटले नै उनी एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो सय रन पूरा गर्ने खेलाडी बनेका थिए ।
सन्दीपले ४० खेलमा सय विकेट पूरा गरेका हुन् । दोस्रो ओभरको पहिलो बलमै उनले अर्को विकेट हात पारे ।
यसअघि यो कीर्तिमान अफगानिस्तानका रशिद खानको नाममा थियो । खानले ४४ खेलमा सय विकेट लिएका थिए ।
Leave a Reply