Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

झलनाथ खनाल भन्छन्- कोदो खाएर म म्याराथनमा दौड्न सक्ने भएको छु

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले कोदो खान र उत्पादन गर्न सुझाव दिएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले कोदो बहुगुणी कोदोले सुगर र प्रेसर कम गर्ने बताए।

उनले आफूले पनि पछिल्लो समय कोदोको सेवन धेरै गरेको र अहिले सुगर र प्रेसर हराएको भन्दै कोदो खान सुझाए ।

उनले भने, ‘मैले आफैँले भोगेको कुरा भन्ने हो भने प्रेसर र सुगर भएका रोगीहरुले कोदो खायो भने कम हुन्छ । मेरो स्वास्थ्य पहिला भन्दा धेरै राम्रो छ । म अहिले म्याराथनमा जाऔँ भनेपनि तयार भनेको जस्तो छु ।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077