काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गतको जारी खेलमा ओमानविरुद्ध नेपालले पहिलो सफलता हात पारेको छ ।
पहिलो ओभर बलिङमा आएका ललित राजवंशीले ओमानका ओपनर जतिन्दर सिंहलाई आउट गर्दै नेपाललाई पहिलो सफलता दिलाएका हुन् ।
उनले ४.३ ओभरमा जतिन्दर सिंहलाई बोल्ड गरे।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३१० रन बनाएको छ।
नेपालका लागि कुशल मल्लले सर्वाधिक १०८ रन बनाए।
Leave a Reply