काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटअन्तर्गत समूह ‘ए’ को दोस्रो खेलमा ओमानविरुद्ध उत्कृष्ट ब्याटिङ गरेका कुशल मल्ल आउट भएका छन् ।
४०.४ ओभरमा आउट हुनुअघि उनले मात्र ६४ बलमा एक सय आठ रन बनाए । दबाबको अवस्थामा आक्रामक ब्याटिङ गर्दै कुशलले नेपालको इनिङलाई सम्मानजक स्कोरमा पुरयाएका छन् ।
९ ओभरको खेल बाँकी छँदा नेपालले २२५ रन बनाएको छ । क्रिजमा सोमपाल कामी र करन केसी छन् । कुशलले ५९ बलमा शतक पूरा गरेका थिए । उनी नेपालका लागि सबैभन्दा थोरै बलमा सतक बनाउने खेलाडी बनेका छन् ।
उनको अविस्मरणीय इनिङमा ९ चौका र १० छक्का समावेश थिए । अकिब इलियासको बलमा अर्को ठूलो सट खेल्ने प्रयास गर्दा उनी आयान खानबाट क्याच आउट भएका थिए ।
Leave a Reply