काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटमा ओमानविरूद्ध ब्याटिङको क्रममा भीम सार्कीको ब्याट भाँचिएको छ।
खेलको आठौं ओभरको तेस्रो बलमा ब्याटिङ गर्ने क्रममा उनको ब्याट भाँचिएको हो।
ब्याट भाँचिएपछि मैदानमा खेलाडीहरूबीच केही क्षण आश्चर्य र रमाइलोको माहोल बनेको थियो। बिलाल खानले फालेको बललाई बाउन्ड्री छुवाउने क्रममा उनको ब्याट भाँचिएको हो।
भीम सार्कीले भाँचिएको ब्याट साटेपछि खेल लगत्तै सुरू भएको छ। ओमानविरूद्ध टस हारेर ब्याटिङ गरिरहेको नेपालले १५ औं ओभर चलिरहँदा २ विकेट गुमाएर ५२ रन बनाएको छ।
ओपनरद्वय आशिफ शेख र कुशल भुर्तेल शुन्य रनमै आउट भएपछि कप्तान रोहित पौडेल र भीम सार्की क्रिजमा छन्।
Leave a Reply