काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत ओमानसँगको खेलमा घरेलु टोलीले पहिला ब्याटिङ गर्ने भएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ओमानले टस जितेर फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गर्ने भएको हो।
समूह ‘ए’ मा रहेका दुई उपाधि दाबेदार नेपाल र ओमानबीचको खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा केहीबेरमा सुरु हुँदैछ ।
यो खेलमा नेपालले एक परिवर्तन गरेको छ । गुल्शन झालाई बेन्चमा राखेर करण केसीलाई मैदान उतारिएको छ ।
ओमान जिशान मकसुदको कप्तानीमा मैदानमा उत्रदैछ। नेपालको कमानी रोहित पौडेलले सम्हाल्दैछन्। नेपालको यो ५० औं ओडिआइ खेल हो ।
Leave a Reply