Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

जीतनारायणलाई जिताउनुस् मन्त्री बनाएर पठाउँछु : सभापति देउवा

चितवन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चितवन-२ मा गठबन्धनका उम्मेदवार जीतनारायण श्रेष्ठलाई मन्त्री बनाउने बताएका छन् ।

बिहीबार चितवनको कालिकानगरमा आयोजित सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै सभापति देउवाले श्रेष्ठलाई जिताएर पठाए मन्त्री बनाउने वचन दिएका हुन् ।

उनले भने जीतनारायण श्रेष्ठ टिकट दिएन भनेर मसँग जहिले रिसाउँथे। यसपाली टिकट दिइएको छ तर हार्न पाइन्न । जितेपछि म मन्त्री बनाउन प्रधानमन्त्री 'प्रचण्ड' लाई सिफारिस गर्छु । जिताउने काम चितवनबासीको, अरु जिम्मेवारी हाम्रो ।

उनले कार्यक्रममा आएका समर्थहरुलाई घरदैलो गरेर भए पनि जीतनारायणलाई जिताउन आग्रह गरे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077