Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • उपेन्द्र‍लाई भोट माग्दै प्रधानमन्त्री प्रचण्डले भने– अब छिट्टै नागरिकता समस्या समाधान हुन्छ

    उपेन्द्र‍लाई भोट माग्दै प्रधानमन्त्री प्रचण्डले भने– अब छिट्टै नागरिकता समस्या समाधान हुन्छ

    अनलाइन नेपाल
  • बिहिबार, ७ बैशाख २०८०
  • 612
    SHARES

    बारा । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकताको समस्या समाधान हुने बताएका छन् ।

    उपेन्द्र यादवको चुनावी सभालाई सम्बोधन गर्न बारा पुगेका दाहालले अघिल्लो राष्ट्रपतिले जस्तो अहिलेका राष्ट्रपतिले नागरिकता विधेयक नरोक्ने बताए ।



    उनले सदनले विधेयक पारित गरेपछि अघिल्लो राष्ट्रपतिले रोकेको तर, अहिलेका राष्ट्रपति रोक्ने होइन फुकाउने राष्ट्रपति भएको उल्लेख गरे ।



    प्रधानमन्त्री प्रचण्डले भने, ‘यो पटक हामीले सदनबाट पारित गरेपछि रोक्ने राष्ट्रपति होइन फुकाउने राष्ट्रपति आउनुभएको छ । फुक्ने छ र छिट्टै नागरिकता समस्या समाधान हुनेछ।’

    गठबन्धनका उम्मेदवार यादव देश र मधेशको आन्दोलनको नेता हुनुको नाताले संविधान र देशको रक्षा तथा जनताको अधिकारका लागि आन्दोलनलाई थप अघि बढाउन संसद्मा अनिवार्य व्यक्तित्व भएको प्रचण्डको भनाइ थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार