Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कांग्रेस सभापति देउवाले भने - उपेन्द्र नै मधेशको सच्चा नेता हुन्

बारा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपेन्द्र यादवले सधैँ मधेशको अधिकारका लागि आफूसँग झगडा गर्ने गरेको बताएका छन् ।

बिहीबार बारामा भएको सत्ता गठबन्धनको आमसभालाई सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन् ।

सभापति देउवाले उपेन्द्र यादव नै मधेशको सच्चा नेता भएको दाबी गरे । सभापति देउवाले यादवले मधेश अधिकारका लागि गठबन्धन र सरकारमा संघर्ष गर्ने गरेको सुनाए ।

सभापति देउवाले यादवसँग एउटै मन्त्रीमण्डलमा बसेर काम गरेको र यादवले सधैँ मधेशको अधिकारका लागि आफूसँग झगडा गर्ने गरेको बताए ।

सभापति देउवाले भने, ‘उपेन्द्र यादवजी मेरो क्याबिनेटमा पनि हुनुहुन्थ्यो । हामीले सँगै काम गरेका हौँ । उहाँ मधेशको अधिकारका लागि क्याबिनेटमा पनि मसँग धेरै पटक झगडा गर्नुभएको छ, मधेशका लागि लड्नुभएको छ, उहाँ नै मधेशको सच्चा नेता हो ।’

सभापति देउवाले बारा–२ का मतदाताले एकपटक उपेन्द्रलाई जिताएर जनताको सेवा गर्ने अवसर दिनुपर्ने बताए । उनले लोकतन्त्रमा जनता नै देशको मालिक भएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077