काठमाडौं । काठमाडौंमा जारी एसीसी प्रिमियर कपमा मलेसियाले पहिलो जित निकालेको छ ।
साउदी अरेबियालाई आठ विकेटले हराउँदै मलेसियाले पहिलो जित दर्ता गरेको हो ।
मुलपानी क्रिकेट मैदानमा १५४ रनको विजयी चुनौती पछ्याउँदै ब्याटिङ गरेको मलेसियाले २१.२ ओभरमा दुई विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो ।
मलेसियाका लागि मोहम्मद अमिरले ५६, भिरन्दिप सिंहले ५१ र सिएद अजिजले अविजित ३४ रन बनाए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको साउदी अरबले ४६.२ ओभरमा सबै विकेटको क्षतिमा १५३ रन बनाएको थियो ।
मलेसियाका बलरसामु साउदीका ब्याटरले उच्च रन बनाउन सकेनन् । हसिब घाफोरले ४०, अब्दुल वाहिदले ३६ र कप्तान हिशाम शेखले २१ रन बनाए ।
यो जितसँगै समूह ‘ए’ मा रहेको मलेसियाले दुई अंक जोडेको छ ।
Leave a Reply