Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • बहराइनले दियो सिंगापुरलाई २८७ रनको लक्ष्य

    बहराइनले दियो सिंगापुरलाई २८७ रनको लक्ष्य

    अनलाइन नेपाल
  • बिहिबार, ७ बैशाख २०८०
  • 717
    SHARES

    काठमाडौं । राजधानीमा जारी एसीयन क्रिकेट काउन्सिल (एसीसी) प्रिमियर कपमा बहराइनले सिंगापुरलाई २ सय ८७ रनको लक्ष्य दिएको छ ।

    टियु मैदानमा जारी खेलमा टस जितेर ब्याटिङ रोजेको बहराइनले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ८६ रन बनायो।



    बहराइनका लागि फियाज अहमदले ७९ र शाहबाज बदरले ७६ रन जोडे। फियाजले ४२ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै अर्धशतक पूरा गरे।



    बदरले भने ७६ बलमा ४ चौका १ छक्का प्रहार गरे।

    बलिङतर्फ सिंगापुरका रमेश कलिमुथु, थिलिपन ओमाइदुराई र विनोथ बास्करणले समान २–२ विकेट लिए ।

    त्यस्तै, मूलपानी क्रिकेट मैदानमा भएको समूह ‘ए’ को खेलमा साउदी अरबले मलेसियालाई १५४ रनको सामान्य लक्ष्य दिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार