काठमाडौं । पहिलो नेपाली महिला सगरमाथा आरोही पासाङल्हामु शेर्पाको जीवनीमा आधारित रहेर निर्माण गरिएको फिल्म ‘पासाङः इन द स्याडो अफ एभरेष्ट’ आगामी वैशाख १० गतेदेखि हलमा प्रदर्शनी हुने भएको छ ।
चलचित्रमा नेपाली समाजमा एक आदिवासी महिलाले अघि बढ्न गरेको सङ्घर्ष, यसको अवरोध र समाजदेखि परिवारसम्मको सहयोगलगायतका विषयलाई देखाईएको छ ।
पासाङल्हामु फाउन्डेशनका अनुसार सन् २०२२ मार्चमा शान्ता बाबा अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा प्रिमियरमा रिलिज भएको यस फिल्म ३०औँ पासाङल्हामु दिवसको अवसर पारेर देशभर प्रदर्शन गर्न लागिएको हो ।
७२ मिनेट फिचर रहेको फिल्मको निर्माता शेरोन वुड र आङ दोर्जे शेर्पा रहेका छन् ।
Leave a Reply