काठमाडौं । अन्नपूर्ण हिमालको खोंचमा खसेर हराइरहेका भारतीय पर्वतारोही अनुराग मालू फेला परेका छन् ।
अन्नपूर्णको क्याम्प ३ बाट फर्कने क्रममा ६ हजार मिटरको खोचबाट खसेर बेपत्ता भएका मालुको जीवितै उद्धार गरिएको हो ।
उनको स्वास्थ्य अवस्था गम्भीर छ र अस्पताल लगिएको छ । ३४ वर्षीय मालू राजस्थानको किशनगढका निवासी हुन् ।
उनी तेस्रो शिविरबाट झर्दै गर्दा सोमवार ६ हजार मिटरको उचाइबाट खसेर हराएका थिए ।
मालू ८ हजर मिटर भन्दा माथिका सबै १४ हिमालहरु र र सबै सात महाद्वीपहरूका सात अग्ला हिमालहरु आरोहण गर्ने अभियानमा छन् ।
Leave a Reply