Online Nepal
  • शुक्रबार, २६ पुष २०८१
  • देशभरका ६० हजारभन्दा बढी कर्मचारी आन्दोलनमा

    देशभरका ६० हजारभन्दा बढी कर्मचारी आन्दोलनमा

    अनलाइन नेपाल
  • बिहिबार, ७ बैशाख २०८०
  • 654
    SHARES

    काठमाडौं । सरकारद्वारा प्रस्तावित संघीय निजामती सेवा विधेयक कर्मचारीमैत्री हुन नसकेको र कर्मचारीको हक अधिकार सुनिश्चित गर्न नसकेको भन्दै देशभरका ६० हजार बढी कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन् ।

    कर्मचारी मैत्री संघीय निजामती सेवा ऐन जारी गर्न माग गर्दै आन्दोलनमा उत्रिएका कर्मचारीहरूले सिंहदबार प्रवेश निषेधलगायतका कार्यक्रम घोषणा गरेका छन् ।



    कार्यालय सहयोगीदेखि उपसचिवसम्मका कर्मचारीको हक अधिकार खोस्ने गरी कानुन ल्याउन लागिएको भन्दै ६० हजारभन्दा बढी कर्मचारी आन्दोलित भएका हुन् । हाल निजामती सेवामा कार्यालय सहयोगीदेखि उपसचिवस्तरका गरी ६० हजार बढी कर्मचारी छन् ।



    सत्तारुढ दल कांग्रेस, माओवादी केन्द्र, मधेसी दल तथा प्रमुख प्रतिपक्षी एमालेसम्बद्ध कर्मचारीका ट्रेड युनियनले बुधबार आन्दोलनका कार्यक्रम घोषणा गर्दै सरकारलाई १२ दिने अल्टिमेटम दिएका छन् । नेपाल समाचारपत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार