Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • सुडानमा कार्यरत सबै नेपाली सुरक्षाकर्मी सकुशल

    सुडानमा कार्यरत सबै नेपाली सुरक्षाकर्मी सकुशल

    अनलाइन नेपाल
  • बुधबार, ६ बैशाख २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । अफ्रिकी मुलुक सुडानमा शान्ति कार्यका लागि खटिएका सबै नेपाली सुरक्षाकर्मी सुरक्षित रहेका छन् ।

    त्यहाँ नेपाली सेनाका दुई, नेपाल प्रहरीका तीन र सशस्त्र प्रहरी बलका एक जना स्टाफ कार्यरत रहेकामा सबै जना सुरक्षित रहेको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए।



    केही समयदेखि त्यहाँ फैलिएको हिसात्मक घटनामा हालसम्म एक सय ८५ जनाको ज्यान गइसकेको छ भने एक हजार आठ सय व्यक्ति घाइते भएका छन् ।



    अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले त्यहाँ जारी द्वन्द्व समाधानका लागि दुवै प्रतिद्वन्द्वी नेतालाई टेलिफोन गरी युद्धविरामका लागि अपिल गरिसकेका छन् । तथापि एसएएफ र आरएसएफ दुवै पक्ष युद्धविरामको सम्मान गर्न असफल भइरहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार