Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

दक्षिण कोरियालाई रूसको चेतावनी - युक्रेनका लागि हतियार नपठाउनू

एजेन्सी । रूसले दक्षिण कोरियालाई युक्रेनमा हतियार नपठाउन चेतावनी दिएको छ । सियोलले ठूलो मात्रामा नागरिक आक्रमणको स्थितिमा कीभलाई सम्भावित सैन्य सहायताको लागि ढोका खोलेपछि रूसले यस्तो चेतावनी दिएको हो ।

वासिङ्टनको सहयोगी सियोलले युक्रेनलाई गैरघातक र मानवीय सहायता प्रदान गरेको छ, तर अहिलेसम्म सैन्य हतियार दिन अस्वीकार गरेको छ ।

दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलले भने, “यदि अन्तर्राष्ट्रिय समुदायले नागरिकमाथि कुनै पनि ठूलो स्तरको आक्रमणलाई स्वीकार्न नसक्ने अवस्था आयो भने मानवीय वा आर्थिक सहायतामा मात्र जोड दिन हामीलाई गाह्रो हुन सक्छ ।”

क्रेमलिनले हतियार आपूर्ति सुरु गर्नुको अर्थ युक्रेन द्वन्द्वमा अप्रत्यक्ष संलग्नता हुने बताएको छ । प्रवक्ता दिमित्री पेस्कोभले भने, “दुर्भाग्यवश सियोलले अमैत्रीपूर्ण कदम चालेको छ ।”

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077