काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महत र भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख डा.विजय चौथाइवालेबीच भेटवार्ता भएको छ ।
सिंहदरबारस्थित अर्थमन्त्रीको कार्यकक्षमा अर्थमन्त्री महत र चौथाइवालेबीच भेट भएको हो ।
भेटमा समसामयिक विषयमा कुराकानी भएको अर्थमन्त्री महतको सचिवालयले जनाएको छ ।
सुदूरपश्चिम प्रदेशमा भएको एक कार्यक्रममा सहभागी हुन विदेश विभाग प्रमुख चौथाइवाले नेपाल आएका हुन्
Leave a Reply