Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • ठूलाठूला गफ हाँक्नेहरूको असलियत पनि देखियो : प्रधानमन्त्री प्रचण्ड

    ठूलाठूला गफ हाँक्नेहरूको असलियत पनि देखियो : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • बुधबार, ६ बैशाख २०८०
  • 462
    SHARES

    तनहुँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रवि लामिछानेले गृहमन्त्री भएका बेला गरेको ठेक्का सम्झौता रद्द गर्नुको पछाडि गम्भीर कुरा रहेको बताएका छन् ।

    तनहुँमा आयोजित गठबन्धनको उपचुनावसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचार र बेथितीलाई रोक्नका लागि सरकारले कठोर कदम चालेको बताए ।



    रवि लामिछानेलाई लक्षित गर्दै प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारविरुद्ध ठूला गफ हाँक्नेको असलीयत के हो भन्ने आफूहरूले देखेको बताए ।



    प्रधानमन्त्री प्रचण्डले भने, ‘तपाईंहरूले हेर्नुभयो भने भ्रष्टाचार र बेथितीलाई रोक्नका लागि केही कठोर कदम चालिएको छ। म अहिले व्याख्या गर्दिनँ। ठूला-ठूला गफ हाँक्नेहरूको असलीयत के हो भन्नेकुरा हामीले देखिराखेका छौं।’

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछने गृहमन्त्री हुँदा फास्ट ट्र्याकबाट एड्भान्टेज इन्टरनेसनल प्रालिलाई राष्ट्रिय परिचयपत्रका विवरण रूजु गर्ने जिम्मा दिने निर्णय गरेका थिए।

    मन्त्रिपरिषदको बैठकले राष्ट्रिय परिचय पत्रमा आबद्ध नागरिकका वैयक्तिक र जैविक विवरण रूजु गर्ने जिम्मा विदेशी कम्पनीलाई दिने निर्णय खारेज गरेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार