Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

गठबन्धनको सरकार अन्तिमसम्म कायम रहन्छ : शेरबहादुर देउवा

तनहुँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तनहुँमा सत्ता गठबन्धनका साझा उम्मेदवार गोविन्द भट्टराईलाई जिताउन आग्रह गरेका छन् ।

तनहुँको डुम्रेमा आयोजित चुनावी सभामा गठबन्धनका साझा उम्मेदवार भट्टराईलाई भोट माग्दै सभापति देउवाले यस्तो बताएका हुन् ।

सभापति देउवाले तनहुँ–१ मा सत्ता गठबन्धनका साझा उम्मेदवार भट्टराई पनि रामचन्द्र पौडेल जत्तिकै योग्य रहेको बताए । सभापति देउवाले यसअघि निर्वाचित पौडेललाई आफूले राष्ट्रपति बनाएको र अब भट्टराईलाई जिताएर पठाए मन्त्री बनाउने बताए ।

सभापति देउवाले भने, ‘तपाईंहरूले रामचन्द्रजीलाई जिताएर पठाउनुभयो, मैले राष्ट्रपति बनाएँ, गोविन्द भट्टराई पनि रामचन्द्रजत्तिकै योग्य हुनुहुन्छ, उहाँलाई जिताएर पठाउनुहोस् । उहाँ पनि मन्त्री हुनुहोला ।’

देउवाले तनहुँमा भट्टराईलाई जिताउन आग्रह गर्दै स्थानीय जनताको मागबमोजिम टेक्निकल कलेज र अस्पताल बनाउने जिम्मा कांग्रेसले लिने बताए ।

त्यस्तै, सभापति देउवाले अबको पाँचसम्मै यही सत्ता गठबन्धनको सरकार रहने बताएकाका छन् ।

आफ्नो दलको तर्फबाट उम्मेदवार बनेका गोविन्द भट्टराईलाई जिताउन आग्रह गर्दै देउवाले आफ्नो उम्मेदवार जित्दा तनहुँको विकासमा झन् बढी योगदान गर्न सकिने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077