काठमाडौं । राजधानीमा जारी शहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत जावलाखेल युथ क्लबले नेपाल पुलिस क्लबलाई फराकिलो अन्तरले पराजित गरेको छ ।
च्यासल मैदानमा भएको खेलमा जावलाखेलले पुलिसलाई ६-१ ले पराजित गरेको हो । पहिलो हाफमा एक गोल मात्र गरेको जावलाखेलले दोस्रो हाफमा गोलको वर्षा गरेको हो ।
जितपछि १० खेलबाट जावलाखेलले २० अंक जोडेको छ । जावलाखेलले सातदोबाटोमाथि ३ अंकको अग्रता बनाएको छ ।
त्यस्तै नेपाल पुलिस क्लबको भने १० खेलमा ५ अंक रहेको छ र लिगको पुछारमा रहेको छ ।
Leave a Reply