काठमाडौं । एसीसी प्रिमियर कपको समूह ‘ए’ मा रहेको ओमानले सुखद सुरुवात गरेको छ ।
मुलपानी क्रिकेट मैदानमा बुधबार भएको पहिलो खेलमा कतारमाथि ओमानले ४० रनको जित दर्ता गरेको हो ।
ओमानले दिएको २ सय ५० रनको लक्ष्य पछ्याएको कतार ४७ ओभर २ बलमा २ सय ९ रनमा अलआउट भयो ।
कतारका लागि कप्तान मोहम्मद रिजलानले ४३ र खुरम शहजादले ३० रन बनाए । बलिङतर्फ ओमानका बिलाल खानले ४ विकेट लिए ।
कतारका अमिर फारुक र मुहम्मद मुरब समान तीन विकेट लिए । इक्रामुल्लाह खानले दुई विकेट लिए ।
जितसँगै ओमानले दोस्रो खेलमा शुक्रबार ओमानले घरेलु टोली नेपालको सामना गर्नेछ ।
कतारले भने शनिबार साउदी अरेबियासँग खेल्ने छ ।
Leave a Reply