Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • तनहुँवासीलाई प्रधानमन्त्री प्रचण्डको आश्वासन – गोविन्दलाई जिताएर पठाउनुस्, मन्त्री बनाउँछु

    तनहुँवासीलाई प्रधानमन्त्री प्रचण्डको आश्वासन – गोविन्दलाई जिताएर पठाउनुस्, मन्त्री बनाउँछु

    अनलाइन नेपाल
  • बुधबार, ६ बैशाख २०८०
  • 615
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोविन्द भट्टराईलाई जिताएर पठाए तनहुँमा विकासको मूल फुट्ने बताएका छन् ।

    तनहुँको डुम्रेमा आयोजित चुनावी सभामा गठबन्धनका साझा उम्मेदवार रहेका भट्टराईका लागि भोट माग्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले तनहुँ–१ बाट निर्वाचित भए गोविन्द भट्टराईलाई मन्त्री बनाउने समेत उद्घोष गरे।



    उनले आफूले यसअघि रामचन्द्र पौडेललाई भोट माग्दा प्रधानमन्त्री बनाउने घोषणा गरेको, तर पौडेल प्रधानमन्त्रीभन्दा पनि ठूलो पदमा पुगेको बताए ।

    प्रधानमन्त्री प्रचण्डले भने, ‘अहिले हाम्रै सरकार छ, यो उपचुनावपछि पनि सरकार हाम्रै नेतृत्वमा रहने हो । त्यसैले तपाईंहरू अलमलिनुपर्ने अवस्था छैन, गोविन्द भट्टराईलाई जिताएर पठाउनुस्, तपाईंहरूको भावनालाई, मागलाई सम्बोधन गर्न उहाँलाई मन्त्री बनाउँछौँ ।’

    चुनावीसभामा कांग्रेस सभापति शेरबहादुर देउवाले पनि भट्टराईलाई मन्त्री बनाउने घोषणा गरेका थिए । देउवापछि बोलेका प्रधानमन्त्री दाहालले कांग्रेस सभापति देउवाले भनेको वचन पूरा गर्न आफू प्रतिबद्ध रहेको बताए । प्रधानमन्त्री प्रचण्डले कुनै पनि आँधीहुरी बतासबाट आत्तिनुपर्ने अवस्था नरहेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार