Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बागमती प्रदेशका प्रमुखसमक्ष महालेखा परीक्षकको प्रतिवेदन पेस

काठमाडौं । बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्मासमक्ष महालेखा परीक्षकको पाँचौँ वार्षिक प्रतिवेदन बुधबार पेस गरिएको छ ।

महालेखाका नायब महालेखापरीक्षक बालकृष्ण थापाले प्रदेश प्रमुख शर्मालाई आर्थिक वर्ष ०७८-७९ मा सम्पादन गरेको कामकारबाही समेटिएको वार्षिक प्रतिवेदन पेस गरेका हुन् ।

नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम प्रदेश प्रमुखसमक्ष महालेखापरीक्षकको कार्यालयले वार्षिक प्रतिवेदन बुझाएको हो।

प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख शर्माले प्राप्त प्रतिवेदनले वित्तीय सुशासन कायम गर्न प्रभावकारी भूमिकाका लागि सघाउ पुग्ने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077