काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले संसद राजसंस्थाको पैरवी गर्ने थलो नभएको बताएका छन्।
बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद दाहालले उक्त कुरा बताएका हुन्।
सांसद दाहालले राजसंस्थाले २४० वर्षसम्म जनतालाई प्रताडित गरेको भन्दै त्यस्तो संस्थाको जबर्जस्ती पैरवी गर्ने थलो संसद नभएको बताए ।
उनले संसदमा अमर्यादित, अशिष्ट र अराजक वहसहरू हुने गरेको भन्दै संविधानको जगमा उभिएर बहस गर्न सांसदहरूको ध्यानाकर्षण समेत गराए ।
त्यस्तै, सांसद दाहालले संसद भवन विज्ञापन एजेन्सी जस्तो भएको भन्दै कोही हराएको विज्ञापन संसदमा गर्नु नहुने बताए।
गत बुधबार बसेको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपबहादुर सिंहले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' हराएको भनेपछि दाहालले यस्तो जवाफ दिएका हुन्।