काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल)का महामन्त्री मोहनविक्रम सिंहले अमेरिकी दबावकै कारण सरकारले रवि लामिछानेलाई सफाई दिएको दाबी गरेका छन् ।
महामन्त्री सिंहले अमेरिकाको दबावका कारण सरकारले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेलाई सफाई दिएको बताएका हुन् ।
दोहोरो राहदानीको कारण रविले चुनाव लड्न नपाउने भन्दै सिंहले भने अमेरिकी दबावमा रविविरुद्ध सरकारले केही गर्न नसकेको बताए ।
रवि अमेरिकी एजेन्ट भएको कारण अमेरिकाले रविविरुद्ध कुनै कदम नचाल्न सरकारमाथि दबाव दिइरहेको सिंहको भनाई छ ।
महामन्त्री सिंहले अमेरिका नेपालमा कथित स्वतन्त्र पार्टीमार्फत् आफ्नो रणनीति परिचालन गर्न खोजिरहेको बताए।
Leave a Reply