Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भोलि ६ घण्टा बन्द हुने, विहानी उडान प्रभावित

काठमाडौं । बिहीबार बिहान १ बजेदेखि ७ बजेसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरिने भएको छ ।

विद्युत आपूर्तिको लागि नयाँ ब्याकअप राख्न रातको समय पारेर विमानस्थल बन्द गर्ने र ब्याकअफ फिट गर्ने तयारी भएको हो ।

विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय उडान यस अवधिमा बन्द रहने विमानस्थलले जनाएको छ ।

विमानस्थलका एक सूचना जारी गर्दै भनेको छ, 'विमानस्थलको विद्युत आपूर्ति प्रणालीलाई थप सुदृढ बनाउने क्रममा अनलाइन यूपीएस जडान गर्ने काम जारी रहेदा विभानस्थलभित्रको विद्युत आपूर्ति बन्द हुने हुनाले यो अवधिमा उडान तथा अवतरण बन्द रहनेछ ।'

यो समयमा यात्रा गर्ने यात्रुले सम्बन्धित एयरलाइन्समा सम्पर्क गर्न भनिएको छ । विमानस्थलको विद्युत आपूर्ति प्रणालीलाई थप सुदृढ बनाउने क्रममा अनलाइन यूपीएस जडान गर्ने काम जारी रहेका कारण उडान अवरुद्ध हुनेछ ।

यो समयमा उडान भएका यात्रुले सम्बन्धित वायुसेवासँग समन्वय गरेर टिकट सार्नुपर्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077