Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • संवैधानिक परिषद्को बैठक सिंहदरबारमा जारी

    संवैधानिक परिषद्को बैठक सिंहदरबारमा जारी

    अनलाइन नेपाल
  • बुधबार, ६ बैशाख २०८०
  • 690
    SHARES

    काठमाडौं । संवैधानिक परिषद्को बैठक सिंहदरबारमा चलिरहेको छ । प्रधानन्यायाधीश नियुक्तिको विषयमा छलफल गर्न संवैधानिक परिषद्को बैठक बसेको हो ।

    नेपाल बार एशोसिएशन, सर्वोच्च अदालत बार एशोसिएशन लगायत कानुन व्यवसायीहरूले सर्वोच्च अदालतमा प्रधानन्यायाधीश नियुक्ति गर्न दबाब दिएसँगै बसेको बैठकले प्रधानन्यायाधीश नियुक्ति गर्ने बताइएको छ ।



    बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपसभामुख इन्दिरा राना, प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का सहभागी छन् ।



    लामो समयसम्म न्यायलय कायममुकायमको नेतृत्वमा रहेकाले यथाशिघ्र प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउने विषयमा तीन दलका शीर्ष नेताहरूबीच सहमति भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार