Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

खर्च विवरण नबुझाउने ७४ उम्मेदवारलाई आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभाका उम्मेदवारलाई निर्वाचन खर्च विवरण सार्वजनिक गर्न निर्देशन दिएको छ।

आयोगका उपसचिव एवम् सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार मंसिर ४ गते प्रतिनिधि सभातर्फ आयोगमा ३५ दिनभित्र निर्वाचन खर्च पेश गर्ने दुई हजार ३७३ र प्रदेश सभातर्फ तीन हजार १८८ गरी जम्मा पाँच हजार ५६१ जना उम्मेदवारलाई निर्वाचन कसुर तथा सजाय ऐन, २०७३ बमोजिम सात दिनभित्र निर्वाचन खर्च विवरण सार्वजनिक गरी सो जानकारी आफू उम्मेदवार भएको जिल्लाको प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयमा पेस गर्न निर्देशन दिइएको हो ।

यसैगरी, ३५ दिनभित्र निर्वाचन खर्च विवरण नबुझाउने प्रतिनिधि सभातर्फ ३७ र प्रदेश सभातर्फ ३७ गरी जम्मा ७४ जना उम्मेदवारको नाम आयोगको वेबसाइटमा प्रकाशित गरेर स्पष्टीकरण सोध्ने आयोगको विज्ञप्तिमा उल्लेख छ।

आयोगले ७४ जना उम्मेदवारलाई तोकिएको समयावधिभित्र के कुन कारणले निर्वाचन खर्चको विवरण नबुझाएको हो ? विवरण नबुझाएमा ऐन बमोजिम किन कारबाही हुनु नपर्ने हो ? भन्ने स्पष्टीकरण सोध्ने र सम्बन्धित उम्मेदवारले आफ्नो सफाइसहितको स्पष्टीकरण सात दिनभित्र जिल्ला निर्वाचन कार्यालय वा आयोगमा पेस गर्न निर्देशन दिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077