काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्हालिरहेको कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी उपप्रधानमन्त्री तथा रक्षामन्त्री पुर्णवहादुर खड्काले पाएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री प्रचण्डको सिफारिसमा खड्कालाई कानुन मन्त्रालयको जिम्मेवारी समेत सम्हाल्ने गरी तोकेका हुन् ।
राष्ट्रपति कार्यालयले मंगलबार विज्ञप्ति जारी गर्दै खड्कालाई उक्त जिम्मेवारी तोकिएको जनाएको छ ।
पुस ११ गते गठित मौजुदा मन्त्रिपरिषद्मा उक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री दाहालले सम्हाल्दै आएका थिए ।
Leave a Reply