Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • एसीसी प्रिमियर कपमा नेपालको विजयी सुरुवात

    एसीसी प्रिमियर कपमा नेपालको विजयी सुरुवात

    अनलाइन नेपाल
  • मंगलबार, ५ बैशाख २०८०
  • 1K
    SHARES

    काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटको आफ्नो पहिलो खेलमा नेपालले विजयी सुरुवात गरेको छ ।

    त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा उद्घाटन खेलमा मलेसियालाई ६ विकेटले हराउँदै नेपालले विजयी सुरुवात गरेको हो ।



    नेपाललाई सहज जीत दिलाउने क्रममा कुशल मल्ल र भीम सार्कीले अर्धशतकीय योगदान गरे । मल्लले ४० बलमा ५ चौका र ५ छक्काको मद्दतमा अविजित ७० तथा सार्कीले ५ चौकाको मद्दतमा ७१ रन जोडे । दीपेन्द्रसिंह ऐरी ५ रनमा नटआउट रहे ।



    उनीहरूका अलावा कप्तान रोहित पौडेलले ४२ र कुशल भुर्तेल ३८ रनको पारी खेले । ओपनर आसिफ शेख १ रनमा आउट भएका थिए । कीर्तिपुर मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पाहुना टोली मलेसियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २३५ रन जोडेको थियो ।

    मलेसियाका लागि कप्तान अहमद फैजले सर्वाधिक ७६ रनको पारी खेले । मलेसियालाई सम्मानजनक स्थितिसम्म लैजाने क्रममा विरेनद्वीप सिंहले ४६ रनको योगदान गरे ।

    नेपालका लागि सोमपाल कामी र सन्दीप लामिछानेले समान ३, ललित राजवंशीले २ तथा गुल्सन झाले १ विकेट लिए । यो प्रतियोगिताको फाइनल जित्ने टोलीले भारत र पाकिस्तानको समूहमा रहेर एसिया कप खेल्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार